रेडक्रसका ६२ जिल्ला शाखालाई २१ दिनभित्र बक्यौता रकम बुझाउन केन्द्रीय कार्यालयको निर्देशन
kendrabindu.com · Wed Aug 05 03:22:40 GMT 2026

काठमाडौं। नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले ६२ वटा जिल्ला शाखाहरूलाई पत्र काट्दै लामो समयदेखिको बक्यौता रकम केन्द्रीय खातामा जम्मा गर्न निर्देशन दिएको छ । महामन्त्री ऋषिरमण खनालले पत्र लेखेर २१ दिनभित्र अनिवार्य रूपमा बक्यौता रकम केन्द्रीय कार्यालयको बैंक खातामा जम्मा गरी सोको भौचर वा प्रमाण पठाउन भनेका छन् ।
विगतमा विभिन्न निकायबाट भएका अध्ययन, छानबिन र समाज कल्याण परिषद्को सुझावका आधारमा रेडक्रसले यो कदम चालेको पत्रमा उल्लेख गरेको छ । ती जिल्ला शाखामा ब्लड ब्याग, किटलगायत फरक(फरक शीर्षकमा गरी २५ वर्षदेखिको झण्डै २ करोड बक्यौता रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)