मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मानव अधिकार आयोग ‘क’ श्रेणीमै

gorkhapatraonline.com · Thu Nov 02 06:15:19 GMT 2023

काठमाडौँ, कात्तिक १६ गते । राष्ट्रिय मानव अधिकार आयोगको स्तर ‘क’ श्रेणीमै कायम भएको छ । ग्लोबल एलायन्स अफ नेसनल ह्युमन राइट्स इन्स्टिच्युसनले आयोगलाई ‘क’ श्रेणीमै राखेको हो । आयोगको कामकारबाही र ऐनका बारेमा प्रश्न उठाएर स्तर घटुवा गर्ने पत्र पठाएको इन्स्टिच्युसनले पछिल्लो समय नेपालको तर्फबाट सकारात्मक पहल भएको भन्दै ‘क’ श्रेणीकै स्तर कायम गरिएको पत्र बुधबार आयोगलाई पठाएको छ ।

आयोगका सचिव मुरारिप्रसाद खरेलका अनुसार आयोगले पठाएको कागजात, दिइएको अन्तर्वार्ता र सरकारले मानव अधिकार आयोगका सम्बन्धमा ऐन निर्माण प्रक्रिया अघि बढाएपछि श्रेणी कायम भएको हो । उहाँले भन्नुभयो, “हामीले पठाएको डकुमेन्ट, ऐन निर्माणको प्रक्रिया र सरकारको सकारात्मक पहलकदमी भएकाले स्तर कायम गरिएको पत्र बुधबार हामीलाई प्राप्त भएको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)