अर्थमन्त्री वाग्लेले आज राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्दै
kendrabindu.com · Wed Aug 05 03:30:09 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्ने भएका छन्। उनको सचिवालयले दिएको जानकारीअनुसार छलफल बिहान ९:१५ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा सुरु हुनेछ।
अर्थमन्त्रीको सचिवालयले भनेको छ, ‘देशको वित्तीय अवस्थाको गहिराइ बुझेका र मौद्रिक उपकरणको कार्यान्वयन गरिरहेका अधिकारीहरूसँगको छलफल अर्थतन्त्रको समस्या पहिल्याउन र समाधानको उपाय खोज्नमा केन्द्रित हुनेछ। केन्द्रीय बैंकका गभर्नर र डेपुटी गभर्नरसँगको नियमितजसो हुने भेट, उहाँहरूको सल्लाह र समन्वयमा सम्भवतः पहिलोपटक यस्तो छलफल हुन लागेको हो।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)