नबिल बैंकको गत बर्षको नाफा करिब ८ अर्ब, वितरणयोग्य नाफा ५ अर्ब १६ करोडमाथि
arthadabali.com · Wed Aug 05 03:43:30 GMT 2026

काठमाडौँ / निजी क्षेत्रको अग्रणी बैंक नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा वित्तीय प्रदर्शनमा उल्लेख्य सुधार गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३३.५० प्रतिशतले बढेको छ। नाफामा भएको उच्च वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी, वितरणयोग्य नाफा तथा सञ्चालन नाफामा समेत सुधार देखिएको छ।
बैंकले समीक्षा अवधिमा ७ अर्ब ९० करोड ५७ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ५ अर्ब ९२ करोड २१ लाख ४४ हजार रुपैयाँ रहेको थियो। यसरी एक वर्षको अवधिमा बैंकको खुद नाफामा उल्लेख्य वृद्धि भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)