समाजवादी मोर्चामा किन छायाे एकाएक सन्नाटा?
thahakhabar.com
काठमाडौं : संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक-आर्थिक न्यायसहितको समाजवाद स्थापना गर्ने प्रमुख उद्देश्यका साथ बनेको समाजवादी मोर्चा अहिले सेलाएको छ। असार ४ मा घोषणा भएको मोर्चा आफ्नो उद्देश्य तथा नीतिगत प्रतिबद्धता उन्मुख हुनुको साटो निष्क्रिय हुँदै गएको देखिन्छ।
मोर्चामा सत्तारुढ दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र सत्ता बाहिरको दल नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा आबद्ध छन्। मोर्चा बन्नेबित्तिकै सचिवालय गठन, प्रदेशहरूमा सन्देशसभासँगै संठन विस्तारमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र विप्लवलगायत शीर्ष नेता सक्रियताका साथ लागिपरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)