अर्थमन्त्रीले आज राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्ने
nepalnews.com · Wed Aug 05 04:10:52 GMT 2026

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सम्पूर्ण कार्यकारी निर्देशकसँग छलफल गर्ने भएका छन् । देशको वर्तमान वित्तीय अवस्था, आर्थिक समस्या र तिनका समाधानका उपायबारे समीक्षा गर्न बिहान ९:१५ बजे बैठक बस्न लागेको हो ।
बैठक अर्थ मन्त्रालयको सुवर्ण हलमा सुरु हुनेछ । बैठकमा बैंकका गभर्नर र डेपुटी गभर्नरहरूसँगको नियमित भेटघाट र समन्वय भन्दा अलग हुनेछ । पहिलो पटक देशको वित्तीय नाडी छाम्न सक्ने कार्यकारी निर्देशकहरूसँग प्रत्यक्ष संवाद हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)