आजका लागि तय भएको प्रतिनिधिसभाको बैठक पुन: स्थगित
news24nepal.tv · Wed Feb 09 00:40:28 GMT 2022
कठमाडौं । बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक पुन स्थगित भएको छ । अर्को बैठक फागुन २ गते बस्ने तय भएको छ । बैठक फागनु २ गतेका लागि सारिएको संसद सचिवलय जनाएकाे छ ।
आजै सङ्घीय संसद् प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको थियाे। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ पेश गर्नु उल्लेख थियाे ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)