लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
arthasansar.com · Wed Aug 05 04:27:32 GMT 2026

लक्ष्मी सनराइज बैंक लिमिटेडले साउन १४ गतेदेखि निष्काशन गरिरहेको १० वर्षे अवधि भएको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७% लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ मा आवेदन दिने आज अन्तिम दिन हो ।
बैंकले प्रतिऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशतले हुन आउने १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने ४० प्रतिशतले हुन आउने १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा निष्काशन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)