तरकारी बोकेको ट्रक खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते
ratopati.com · Wed Aug 05 04:34:20 GMT 2026

मकवानपुर । भिमफेदी गाउँपालिका–२ तिलटार स्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
बुधबार राति करिब २:३० बजे पालुङबाट वीरगञ्जतर्फ तरकारी लिएर जाँदै गरेको मधेस प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक वर्षा र बाक्लो हुस्सुका कारण ओरालो सडकमा चिप्लिएर अनियन्त्रित भई करिब १०० मिटर तल चण्डी खोलामा खसेर दुर्घटना भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)