ओलीसँग हिक्मत कार्कीले भने– मैले राजीनामा दिँदा संवैधानिक संकट निम्तन्छ
kendrabindu.com · Wed Aug 05 04:30:42 GMT 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा नगर्ने अडान लिएका छन् । ओलीले कार्कीलाई गुण्डु नै बालाएर राजीनामा गर्न दबाव दिएका थिए । मंगलबार साँझ झण्डै एक घण्टा गुण्डुमा भएको छलफलमा मुख्यमन्त्री कार्कीले राजीनामा नदिने पुरानै अडान राखेका थिए ।
‘मैले राजीनामा दिँदा संवैधानिक संकट निम्तन्छ, राजनीतिक सन्देश पनि राम्रो जाँदैन,’ कार्कीले अडान लिएका थिए । ओलीले भने नयाँ कोर्समा जान बाटो खुला गरिदिन आग्रह गरेका थिए । ‘दुवै जनाले आ–आफ्नै कुरा राख्ने जस्तो मात्र भयो, थप फेरि बस्ने भनिएको छ,’ स्रोतले भन्यो । आज फेरि बस्ने भनिए पनि समय टुंगो लागेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)