तीन लाख रुपैयाँ पुरस्कार राशिको ‘कोडिङ किक्सस्टार्ट ३.०’ सम्पन्न
baahrakhari.com · Tue Feb 24 18:07:00 GMT 2026

काठमाडौं । ‘कोडिङ किक्सस्टार्ट ३.०’ को समापन भएको छ । शार्क ट्यांक नेपाल समर्थित मेरो कोडिङ क्लासद्वारा आयोजित राष्ट्रियस्तरको उक्त प्रतियोगितामा देशभरका विद्यालयबाट ७९ टिम सहभागी भएका थिए । प्रतियोगितामा तीन विधाका विजेता टिमलाई जनही एक लाख रुपैयाँका दरले कुल तीन लाख रुपैयाँ नगद पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ ।
मंसिर महिनादेखि सुरु गरिएको छनोट प्रक्रियामार्फत कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरूलाई ब्लक–आधारित कोडिङ (कक्षा ३–५), एप विकास (कक्षा ६–७) तथा रोबोटिक्स तथा इन्टरनेट अफ थिङ्स (कक्षा ८–१०) गरी तीन विधामा प्रतिस्पर्धा गराइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)