बैंकका सीईओपछि राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग अर्थमन्त्रीले गरे छलफल
hamrakura.com · Wed Aug 05 00:00:00 GMT 2026
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रूपान्तरण र संरचनागत सुधारका लागि ‘नीतिगत आत्मविश्वास’ अनिवार्य रहेको बताएका छन्।
बुधबार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन्। निजी क्षेत्र र बैंकका प्रमुख कार्यकारी अधिकृतहरू (सीईओ)सँगको हालैको छलफललाई उद्धृत गर्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रले केवल सहुलियत मात्र नभई स्पष्ट नीति, स्थिर नियम, शीघ्र निर्णय र विश्वसनीय कार्यान्वयन खोजिरहेको उल्लेख गरे। उनले सरकारको सोच, प्राथमिकता र कार्यसम्पादन एउटै दिशामा उन्मुख हुनुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)