मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धरद्वारा पदभार ग्रहण

annapurnapost.com · Fri May 15 12:19:25 GMT 2026

मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिको निर्णय अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका तारा मानन्धरले शुक्रबारदेखि पदभार ग्रहण गरेको बैंकले जनाएको छ।

बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा अब्बल मानन्धरले विभिन्न वाणिज्य बैंकहरुको उच्च कार्यकारी भूमिका रही कार्य गरेको अनुभव र पछिल्लो समय डिस मेडिया नेटवर्कमा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरिरहेका थिए। उनको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)