यूरोप पुग्दै नेपाली टेक, नास-आईटीले गर्दै ‘नेपाल टेक रोडशो २०२६’
ictsamachar.com

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी) ले नेपाली सूचना प्रविधि (आईटी) उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले ‘नेपाल टेक रोडशो यूरोप (यूके र स्विट्जरल्यान्ड) २०२६’ आयोजना गर्ने भएको छ ।
नास-आईटीका अनुसार रोडशो आगामी भदौ २१ गतेदेखि असोज ५ गतेसम्म बेलायत र स्विट्जरल्यान्डमा सञ्चालन हुनेछ । कार्यक्रममार्फत नेपाली आईटी कम्पनीहरूलाई यूरोपका व्यवसाय, स्टार्टअप, लगानीकर्ता, इनोभेसन हब तथा गैरआवासीय नेपाली (एनआरएन) प्रविधि समुदायसँग जोड्दै नयाँ व्यावसायिक साझेदारी, प्रविधि निर्यात र वैदेशिक लगानीका अवसर विस्तार गर्ने लक्ष्य राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)