गुन्डुमा ओलीलाई कोशीका मुख्यमन्त्रीको सिधा उत्तर– राजीनामा दिन्न, संवैधानिक संकट आउँछ
canadanepal.com · Wed Aug 05 04:58:51 GMT 2026

काठमाडौं- कोशी प्रदेशको राजनीति फेरि एकाएक पेचिलो बनेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदबाट राजीनामा दिन दिएको निर्देशनलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ठाडै अस्वीकार गरिदिएका छन्।
अध्यक्ष ओलीले गुण्डुस्थित आफ्नै निवासमा बोलाएर राजीनामाका लागि कडा दबाब दिए पनि मुख्यमन्त्री कार्कीले आफू कुनै पनि हालतमा पछि नहट्ने अडान दोहोर्याएका हुन्। मंगलबार साँझ दुई नेताबीच झण्डै एक घण्टा भएको छलफल विनानिष्कर्ष टुंगिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)