मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आशावादी नेता, निराश मतदाता

annapurnapost.com · Tue Apr 19 00:25:00 GMT 2022

कस्तो जनप्रतिनिधि चयन गर्ने भन्ने निर्णय प्रत्येक मतदातालाई हुन्छ। तर, निर्वाचनको परिणाम नै उल्ट्याई दिनसक्ने ठूलो मतदाताको संख्या भने निर्वाचनमा सहभागी हुँदैनन्। २०३७ सालको जनमतसंग्रहदेखि २०७४ सालको स्थानीय तह निर्वाचनसम्म आइपुग्दा यो रोग कायमै छ। विभिन्न निर्वाचनमा कुल मतदाताको २० देखि ३८ प्रतिशतसम्म अर्थात् साढे २३ लाखदेखि ६७ लाखसम्म मतदाता निर्वाचनमा सहभागी नहुनु अर्थात् त्यति संख्याले मत नहाल्नु भनेको गम्भीर विषय हो। मतदाताको ठूलो हिस्सा किन सधैं निर्वाचन प्रक्रियाबाट टाढा बसिरहन्छ ? यो प्रश्नको जवाफ निर्वाचन आयोग र नेपाल सरकारसँग पनि छैन।

यसले के देखाउँछ भने आम मतदातामा निर्वाचनको परिणाम र जनप्रतिनिधिप्रतिको विश्वासमा कमी आउन थालेको छ। आफूले दिने एक मतले देशको भविष्य परिवर्तन गर्न सक्छ भन्ने विश्वास आम मतदातामा पुर्‍याउन नसक्दासम्म यो समस्या रहिरहनेछ। उसो त यो समस्या नेपालमा मात्र होइन। अन्य विकसित देशमा पनि देखिन्छ। त्यस्ता देशहरूमा चुनावमा सक्रियता कम हुन्छ। व्यक्तिगत कामहरू सकेर मात्र भोट खसाल्न आउनेहरू धेरै हुन्छन्। विकसित, विकासोन्मुख र अविकसित देशहरूमा मतदान नगर्नेहरूको संख्याले धेरै प्रभाव पारेको पाइन्छ। राज्यले प्रदान गर्ने आधारभूत सेवासुविधाका लागिसमेत संघर्ष गर्नुपर्ने विकासोन्मुख र अविकसित देशका नागरिकले राम्रा जनप्रतिनिधि निर्वाचित गर्न नसकेसम्म देश पछाडि धकेलिइरहन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)