समस्याग्रस्त सहकारीका २७ सय बचतकर्ताले फिर्ता पाए साढे ३ करोड
kendrabindu.com · Wed Aug 05 05:02:25 GMT 2026

काठमाडौं । गत जेठयता समस्याग्रस्त सहकारी संस्थाका २ हजार ७ सयभन्दा बढी बचतकर्ताले करिब साढे तीन करोड रुपैयाँ बचत फिर्ता पाएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गएको करिब दुई महिना (जेठ पहिलो सातादेखि हालसम्म) २ हजार ७ सय ६९ बचतकर्तालाई ३ करोड ६९ लाख रुपैयाँ बचत फिर्ता गरेको हो ।
समितिले सरकारले समस्याग्रस्त घोषणा गरेका २३ सहकारीमध्येबाट साना बचतकर्ता (पहिलो चरणमा १० हजार र दोस्रो चरणमा २५ हजारसम्म) लाई रकम फिर्ता दिन थालेको हो । जसअनुसार १ साउनदेखि १५ सम्म २ सय ८९ बचतकर्ताले २२ लाख ८० हजार रुपैयाँ फिर्ता पाएका थिए । १ असारदेखि ३२ सम्म ६ सय ५९ बचतकर्तालाई २ करोड २३ लाख रुपैयाँ फिर्ता गरिएको समितिको तथ्यांक छ । जेठमा दुई चरणमा १ हजार ४ सय ५२ बचतकर्तालाई ५९ लाख ४ हजार ६ सय ८९ रुपैयाँ फिर्ता गरिएको थियो । १६ साउनदेखि ३१ सम्म थप ३ सय ६९ बचतकर्तालाई ६३ लाख ४२ हजार ५ सय ८९ रुपैयाँ फिर्ता गर्ने समितिको लक्ष्य छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)