वीरगञ्जका लागि विशेष प्याकेजसहितको बजेट उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह
ratopati.com · Wed May 17 23:21:00 GMT 2023
जलेश्वर । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले प्रदेश सरकारसँग विशेष प्याकेजसहितको बजेट व्यवस्था गर्न आग्रह गरेको छ । मधेस प्रदेश सरकारको अर्थमन्त्रालयले आज महोत्तरीको बर्दिवासमा आयोजना गरेको आगामी आर्थिक वर्षको पूर्वबजेटसम्बन्धी छलफल कार्यक्रममा सहभागी वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले महानगरको समग्र विकासका लागि विशेष प्याकेजसहितको बजेट उपलब्ध गराउन आग्रह गरेका हुन् ।
वीरगञ्ज मधेस प्रदेशकै एकमात्र महानगर भएकाले नयाँ नीति तथा कार्यक्रममा वीरगञ्ज महानगरका लागि विशेष प्याकेजको बजेट व्यवस्था गर्न आग्रह गर्दै महानगर प्रमुख सिंहले प्रदेश सरकारको नीति तथा कार्यक्रम बनाउनुपूर्व प्रदेश सरकारका अर्थमन्त्री, योजना आयोगका उपाध्यक्षका साथै सम्बद्ध मन्त्रालयका सचिवसहितका टोलीलाई वीरगञ्जमै आएर स्थलगत भ्रमण र अवलोकन गरिदिनसमेत आग्रह गरे ।,
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)