राजस्व छल्ने ६ जनाविरुद्ध ४२ करोड रुपैयाँको मुद्दा
rajdhanidaily.com · Mon Apr 18 23:23:31 GMT 2022
काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छलीमा संलग्न विभिन्न फर्मका सञ्चालक तथा ६ जना व्यक्तिविरुद्ध ४२ करोड ४ लाख ७६ हजार ७ सय ४६ रुपैयाँको मुद्दा दायर गरेको छ । विभागले भारतबाट भन्सार छलेर कपडा ल्याउने एक जना भारतीय नागरिकसहित ६ जनाविरुद्ध आइतबार पाटन उच्च अदालतमा सो रकम असुल गरी सजाय मागदाबीसहित मुद्दा दायर गरेको हो ।
उनीहरूबाट २१ करोड २ लाख ३८ हजार ३ सय ७३ रुपैयाँबराबरको बिगो कायम गरी सोही बिगोको शतप्रतिशत जरिमाना माग गर्दै मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)