मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुख्यमन्त्रीसँग ४२ तोला सुन, अर्थमन्त्रीसँग निजी वन र एकनाले बन्दुक, वनमन्त्रीका दुईवटा भैँसी

baahrakhari.com · Fri Sep 22 00:47:00 GMT 2023

पोखरा । ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने आचारसंहिताविपरीत झन्डै तीन महिनापछि गण्डकीका मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

गण्डकीका मन्त्रिपरिषद सदस्यहरूको आचारसंहिता अनुसार नियुक्तिको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गरिसक्नुपर्ने हुन्छ । गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारका मन्त्रीहरूले आचारसंहिता अनुसार असार दोस्रो साताभित्रै सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने थियो । तर, उक्त समयभन्दा पछि भए पनि सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)