सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
nepallive.com · Mon Jun 08 07:27:19 GMT 2026

काठमाडौं – संघीय संसदकाे जारी गतिरोध तत्काल अन्त्य नहुने संकेत देखिएको छ । विपक्षी दलहरूले संसद बैठकमा अवरोधलाई निरन्तरता दिने निर्णय गरेका छन् ।
संसदमा देखिएको अवरोध अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी भए पनि संसदकाे अवरोध हटाउने विषयमा सहमति जुट्न सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)
काठमाडौँ