मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अदालतमा विचाराधीन विधेयकमाथि संसद्‌मा गरमा–गरम

nepallive.com · Mon Jun 05 16:40:00 GMT 2023

काठमाडौं– ‘यो अहिले (नागरिकता विधेयकको विषयलाई लक्षित गर्दै) छलफलको विषय नै होइन। खाली फरक प्रसङ्गमा उठेको हुनाले। अदालतमा छ म धेरै यसमा जान चाहान्न। के कसो, यस्तो उस्तो भन्नेमा जान म चाहान्नँ। कोर्टमा छ हेरौं २६ गतेसम्मलाई। अल्पकालीन स्टे अर्डर छ। हेरौं,’ सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले अध्यक्ष तथा संसदीय दलको नेता केपी शर्मा ओलीले भने।

तर उनले यो भन्नुअघि संसद्को परिस्थिति निकै तरङ्गित भएको थियो। अदालतमा विचाराधीन रहेको विषयलाई संसद्‌मा प्रवेश गराउने स्वयं काम भने एमाले, रास्वपा र रप्रपाले गरेका थिए। तर त्यसलाई थप गहिराइमा पुर्‍याउने काम प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)