आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकद्वारा सुझाव आह्वान
canadanepal.com · Mon Jun 08 07:29:43 GMT 2026

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३-८४ का लागि तयार गरिने मौद्रिक नीति असार १५ गतेभित्र सार्वजनिक गर्ने तयारी अघि बढाएको छ।
नीति निर्माण प्रक्रियालाई थप सहभागितामूलक बनाउन केन्द्रीय बैंकले सरोकारवाला संस्था तथा सर्वसाधारणबाट राय-सुझाव संकलन सुरु गरेको जनाएको छ।
राष्ट्र बैंकले इच्छुक व्यक्ति तथा संस्थालाई आगामी असार ५ गतेसम्म आफ्नो सुझाव इमेलमार्फत पठाउन आग्रह गरेको छ। प्राप्त सुझावहरूको अध्ययन तथा विश्लेषणपछि उपयुक्त विषयलाई मौद्रिक नीति तर्जुमा प्रक्रियामा समावेश गरिने जनाइएको छ।
केन्द्रीय बैंकले जारी गरेको सूचनाअनुसार नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा रहेको व्यवस्थाअनुरूप आर्थिक वर्ष २०८३-८४ को मौद्रिक नीति तयार पार्ने क्रममा राय-सुझाव माग गरिएको हो। यसका लागि आर्थिक अनुसन्धान विभागको आधिकारिक इमेल ठेगानामा निर्धारित समयभित्र सुझाव पठाउन सकिने व्यवस्था गरिएको छ।
यसअघि सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेको छ। बजेटमार्फत तय गरिएका कार्यक्रम, प्राथमिकता तथा आर्थिक लक्ष्यलाई ध्यानमा राख्दै मौद्रिक नीति तयार पार्ने तयारी राष्ट्र बैंकले गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)