शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बढ्दै कोभिड–१९ का बिरामी
nepallive.com · Tue Jan 11 00:38:00 GMT 2022
काठमाडौं - टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ का बिरामी बढ्न थालेका छन्। करिब एक साता अघि खाली जस्तै भएको अस्पतालमा भर्ना हुने कोभिडका बिरामी विस्तारै बढ्न थालेका हुन्।
अस्पतालको इमरजेन्सीमा हाल दैनिक तीनदेखि चार जना बिरामीहरु भर्नाका लागि पुग्ने गरेको इमरजेन्सी इन्चार्ज लिलानाथ भण्डारीले बताए। भर्ना हुने अधिकांश बिरामीहरु सामान्य उपचारले निको हुने खालका रहेको उनले बताए। उनले भने, ‘एक हप्तादेखि बिरामीहरु बढ्न थालेका छन्। तर दोस्रो लहरमा जस्तो आइसीयू, अक्सिजन चाहिने बिरामीहरु निकै कम छन्। ज्वरो आउने, शरीर दुख्ने सामान्य लक्षण भएकाहरु आउने गरेका छन्। सामान्य उपचार गरेर निको हुने खालका बिरामीहरु बढी छन्।’
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)