मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

फतुवा बिजयपुर नगरपालिकाद्वारा ४९ करोड बजेट बिनियोजन

ratopati.com

४९ करोड बढिको बजेट बिनियोजन गर्दै रौतहटको फतुवा विजयपुर नगरपालिकाको छैठौं नगर सभा सम्पन्न भएको छ । नयाँ आर्थिक वर्षको असार १० गतेभित्र बजेट ल्याउनु पर्ने व्यवस्था भएपनि बुधबार आयोजित नगरसभाले बजेट विनियोजन गरेको हो ।

चालु आर्थिक वर्ष २०७९/८० का लागि ४९ करोड ४९ लाख ९९ हजार रुपैयाँको बजेट बिनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत शम्भु कुमार यादवले घोषणा गरेका थिए । नगरसभाले शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइ, विधुत, भौतिक पुर्वाधार निर्माण , पर्यटन तथा संस्कृति, लाई विशेष प्राथमिकतामा राखेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)