‘रिभेन्ज’को फर्स्ट लुकमा बोल्ड नायिका
annapurnapost.com · Fri Apr 09 06:38:00 GMT 2021
काठमाडौं : डीएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुति अमनकुमार देवको निर्माण अनि शंकर अधिकारी घायलको लेखन÷निर्देशन रहेको फिल्म ‘रिभेन्ज’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरले फिल्मको छवि उजागर गरेको छ।
रिभेन्जमा खगेन्द्र घिमिरे, रोशन बीसी, विशाल अग्रवाल, रवीन श्री, प्रीतिका शर्मा, रेनु थापा, माया चाहर, पदम सुनार, आर जे भिलेनलगायतको अभिनय छ। फिल्ममा कृष्ण पाण्डेको छायांकन, राजन महर्जनको नृत्य, देव महर्जनको द्वन्द्व, सानु सबिकको ड्रोन, विश्वास भण्डारीको सम्पादन छ भने गीत शंकर अधिकारी घायल, सुवास गौतम र इन्द्र श्रेष्ठ सरितले लेखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)