१७ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा कोहलपुर प्रथम
gorkhapatraonline.com · Fri May 15 12:28:30 GMT 2026

कोहलपुर नगरपालिकाले लगातार पाँचौ पटक बाँके जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि जित्न सफल भएको छ । लगातार उत्कृष्ट नतिजा निकाल्ने क्रममा १७औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिताको उपाधि जितेसँगै कोहलपुर पाँचौ पटक उपाधि जित्न सफल भएको हो ।
नेपालगन्ज रङ्गशालामा भएको बाँके जिल्ला स्तरीय रनिङ्ग शिल्ड छनोट प्रतियोगितामा नेपालगन्ज उप–महानगरपालिका दोस्रो र खजुरा गाउँपालिका तेस्रो भयो । कोहलपुर नगरपालिकाले २२ स्वर्ण, ९ रजत र १३ कास्य पदक प्राप्त गर्दै यसवर्षको उपाधि जितेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)