अख्तियार प्रमुख राईलाई ज्यान मार्ने धम्की दिने पाठक जेल चलान
baahrakhari.com · Fri May 15 12:31:45 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई लगायतलाई ज्यान मार्ने धम्की दिएको आरोपमा मुद्दा दायर भएका प्रकाश पाठक पुर्पक्षका लागि जेल चलान भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलासमा सुनुवाइ सकिएपछि पाठकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो । अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ८० बमोजिम थुनुवा पूर्जी दिएर कारागार चलान गर्न भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)