नाटक ‘केसामी नाम्सामी’ मञ्चन सुरु
baahrakhari.com · Wed Aug 05 05:51:44 GMT 2026

काठमाडौं । नाटक ‘केसामी नाम्सामी’ मञ्चन सुरु भएको छ । याक्थुम समुदायको केसामी नम्सामी मुन्धुममा आधारित नाटक थापागाउँस्थित एक थिएटर नेपालमा साउन १८ गतेदेखि मञ्चन सुरु भएको हो ।
यासेली योङहाङले नाट्य रूपान्तरण गरेको नाटकको परिकल्पना तथा निर्देशन रंगकर्मी अनील सुब्बाले गरेका छन् । नाटकमा मानव र प्रकृतिबीचको सम्बन्ध, सहअस्तित्व, विश्वास, द्वन्द्व र नैतिक जिम्मेवारी प्रस्तुत गरिएको एक थिएटरको प्रेस नोटमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)