मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई वर्षदेखि नेपालमा किमारो : कोकिनमात्र हैन अनुसन्धानले अन्य धन्दातिर पनि देखायो 'कनेक्सन'

pahilopost.com · Sat Sep 11 01:05:02 GMT 2021

काठमाडौं : तान्जेनियाकी २६ वर्षीया किमारो दुई सातादेखि प्रहरी हिरासतमा समय बिताइरहेकी छिन्। लागूऔषध नियन्त्रण ब्युरोको टोलीले उनलाई गत भदौ ८ गते सिन्धुलीबाट भाग्दै गर्दा पक्रेको थियो। विद्यार्थी भिसामा नेपाल बसिरहेकी उनलाई प्रहरीले लागूऔषध कोकिनको कारोबारमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिएको हो।

अहिले कोकिनको घटनामा लागूऔषध नियन्त्रण ब्युरोको टोलीले उनी केन्द्रीत भएर अनुसन्धान गरिरहेको छ। प्रहरीले केही दिनअघि काठमाडौंको कमलपोखरीबाट २ किलो ९ सय ६६ ग्राम लागूऔषध कोकिनसहित काठमाडौंको कमलपोखरीस्थित होटेलबाट दक्षिण अफ्रिकाकी ३० वर्षीय नागरिरक शेर्ला गामालाई नियन्त्रणमा लिएपछि त्यसको कनेक्सन किमारोसम्म देखिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)