सर्वदलीय बैठकमा निस्किएन निकास
himalpress.com · Mon Jun 08 07:37:31 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा समेत सहमतिको बिन्दु नभेटिएपछि आज पनि प्रतिपक्षी दलहरू संसद् अवरोध गर्न लागेका छन्। आज बिहान लामिछानेले सबै दलहरूसँग संवादका लागि बैठक डाकेका थिए।
संसद्मा प्रतिनिधित्व गर्ने श्रम संस्कृति पार्टी बाहेकका दलका प्रतिनिधि बैठकमा पुगेका थिए। तर बैठकमा सहमतीय बिन्दु नभेटिएको नेताहरूले बताएका छन्। यसअघि प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाह ‘वालेन’ले दिएको अभिव्यक्तिलाई लिएर विपक्षी असन्तुष्ट छन्। भारतको सीमा समेत नेपालले अतिक्रमण गरेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर असन्तुष्ट प्रतिपक्षीहरू प्रधानमन्त्रीकै जवाफ खोजिरहो छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)
बालेन शाह