मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टुरिन डर्बीमा युभेन्ट्स विजयी

ekantipur.com · Sun Oct 16 00:46:08 GMT 2022

मिलान — डुसान भ्लाहोभिचले गरेको सिजनको व्यक्तिगत छैटौं लिग गोलको मदतले युभेन्ट्सले शनिबार टुरिनोलाई १–० ले हराएको छ । टुरिन डर्बीमा प्राप्त जितले व्यवस्थापक मासिमिलिनो एलेग्रीमाथिको दबाब केही कम भएको छ ।

खेलको एक मात्र गोल सर्बियाली स्ट्राइकर भ्लाहोभिचले ७४ औं मिनेटमा गरे । खराब लयबाट गुज्रिरहेकेको युभेन्ट्सको यसपल्टको लिगमा यो चौथो जित मात्र हो र टिम १० खेलबाट १६ अंकमा सातौं स्थानमा उक्लेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)