न्यायपालिकालाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाउन आवश्यक छ : सांसद खरेल
ratopati.com · Wed Aug 05 06:35:26 GMT 2026

काठमाडौँ । रास्वापाका सांसद सुलभ खरेलले अदालतको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठाउँदै न्यायपालिकालाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्नेमा जोड दिएका छन् । कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै सांसद खरेलले सांसदले न्यायालयको वर्तमान अवस्थाप्रति असन्तुष्टि जनाउँदै संरचनागत सुधारको खाँचो औँल्याएका हुन् ।
उनले अदालतलाई सरकारको नियन्त्रणबाट मुक्त राख्न 'फाइनान्सियल अटोनोमी' (वित्तीय स्वायत्तता) अनिवार्य रहेको बताए । "न्यायपालिका वास्तवमै स्वतन्त्र भएको भए अहिलेका विवादहरू आउने नै थिएनन्," खरेलले भने, "न्यायालय कमजोर हुनुको मुख्य कारण राजनीतिक दलहरूबिच हुने भागवण्डाका आधारमा न्यायाधीश नियुक्ति गरिनु नै हो।"
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)