दक्षिण कोरियामा कारको माग बढ्दो, ईभी बिक्रीमा अग्रस्थानमा
barnanmedia.com · Tue Oct 06 20:15:00 GMT 2026

दक्षिण कोरियामा विद्युतीय सवारीसाधन (ईभी) तथा जर्मनीमा निर्मित लक्जरी कारप्रतिको बलियो मागका कारण आयातित यात्रुवाहक कारको बिक्री गत महिना बढेको छ । उद्योगसम्बन्धी तथ्यांकअनुसार सेप्टेम्बरमा दक्षिण कोरियामा आयातित कारको बिक्री अघिल्लो वर्षको सोही महिनाको तुलनामा ६.३ प्रतिशतले वृद्धि भएको हो ।
कोरिया अटोमोबाइल इम्पोर्टर्स एन्ड डिस्ट्रिब्युटर्स एसोसिएसनका अनुसार सेप्टेम्बरमा दक्षिण कोरियामा ३४ हजार ९०४ वटा नयाँ आयातित यात्रुवाहक कार दर्ता भएका छन् । गत वर्षको सेप्टेम्बरमा दर्ता भएको संख्याको तुलनामा यसपटक बिक्रीमा उल्लेख्य वृद्धि देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)