साउदी नेतृत्वको लगानी समूहले ५५ अर्ब डलरमा किन्यो गेमिङ कम्पनी इलेक्ट्रोनिक आर्ट्स
ratopati.com · Wed Aug 05 06:56:13 GMT 2026

रियाद । चर्चित भिडियो गेम कम्पनी इलेक्ट्रोनिक आर्ट्स ५५ अर्ब अमेरिकी डलरमा साउदी अरबको सार्वजनिक लगानी कोषको नेतृत्वमा रहेको लगानीकर्ता समूहले किनेको छ । अमेरिकास्थित इलेक्ट्रोनिक आर्ट्स विश्वका लोकप्रिय भिडियो गेम विकास तथा प्रकाशन गर्ने कम्पनीमध्ये एक हो ।
कम्पनीले ईए एफसी (पहिले फिफा नामले परिचित), द सिम्स, मास इफेक्ट लगायतका विश्वप्रसिद्ध गेमहरू विकास र प्रकाशन गर्दै आएको छ । सन् १९९३ मा पहिलो संस्करण सार्वजनिक भएयता कम्पनीको फुटबल गेम शृङ्खला मात्र ३२ करोड ५० लाखभन्दा बढी प्रति बिक्री भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)