पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
reportersnepal.com · Wed Aug 05 07:00:05 GMT 2026

जनकपुरधाम, २० साउन । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सलोखरी, दास टोलबाट तीन जनालाई पक्राउ गरिएको छ ।
गए राति फूलबारीबाट गाउँतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले पेस्तोल र म्याग्जिनसहित सिरहाको लहान नगरपालिका २२ निवासी २१ वर्षीय सञ्जय दास, २० वर्षीय गुरुदेव दास र लक्ष्मीपुर पतारी गाउँपालिका–६ निवासी २० वर्षीय सारबजित दासलाई पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)