दुबई विमानस्थलमा एआई र बायोमेट्रिक प्रणालीको सुरुआत, इमिग्रेसन जाँच केही सेकेन्डमै हुने
barnanmedia.com · Wed Aug 05 06:48:14 GMT 2026

काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थलले एआई तथा बायोमेट्रिक प्रविधिमा आधारित आधुनिक इमिग्रेसन प्रणाली लागू गर्दै नयाँ युगको सुरुआत गरेको छ। नयाँ प्रविधिको प्रयोगसँगै अब यात्रुहरूले बारम्बार पासपोर्ट र बोर्डिङ पास देखाउनुपर्ने झन्झटबाट मुक्ति पाउँदै केही सेकेन्डमै इमिग्रेसन प्रक्रिया पूरा गर्न सक्नेछन्।
उन्नत अनुहार पहिचान (फेसियल रेकग्निसन) र पूर्व-दर्ता गरिएका विवरणको आधारमा काम गर्ने यो एआई प्रणालीले एकै पटकमा १० जनासम्म यात्रुको पहिचान गर्न सक्ने क्षमता राख्छ। यस प्रविधिले गर्दा विमानस्थलमा औसत इमिग्रेसन समय घटेर करिब ३.४ सेकेन्डमा सीमित भएको अधिकारीहरूले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)