अर्थमन्त्री र गभर्नरबीचको द्वन्द्वले अर्थतन्त्र नै तरंगित
ajakoartha.com · Wed Aug 05 07:06:00 GMT 2026

काठमाडौं -
कुनै पनि मुलुकको अर्थव्यवस्था कस्तो हुने वा कसरी सञ्चालन हुने भन्ने कुरामा केन्द्रीय बैंकको भूमिका महत्वपूर्ण हुने गर्दछ । त्यसमा अर्थमन्त्रीको नेतृत्व झनै अर्थपूर्ण हुने गर्दछ । नेपालको अर्थप्रशासनले यस्ता खालका टकराव र अन्तरबिरोध सामना गर्दै आएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीको तीक्ततापूर्ण सम्बन्धको असर छताछुल्ल हुने गरी देखिएको थियो । अहिले पनि त्यस्तो अवस्थाको सिर्जना भएको अनुभूति भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र गभर्नर डा. विश्व पौडेलकाबीच बढेको मनमुटावको असर राष्ट्रबैंकमा देख्न थालिएको छ । उनीहरु पहिले एउटौ पार्टीका नेता हुन । वाग्ले नेपाली कांग्रेसको छत्रछायाँमा हुर्केका हुन भने पौडेल कांग्रेसबाट प्रतिनिधिसभाको उम्मेदवार नै बनेका व्यक्ति हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)