एआईबाट हुने साइबर आक्रमण बढ्दा डेटा चुहावटको विश्वव्यापी लागत हालसम्मकै उच्च, औसत क्षति ७६ करोड माथि
techpana.com · Wed Aug 05 07:06:46 GMT 2026

काठमाडौं । विश्वभर डेटा चुहावट (डेटाब्रिच) को औसत लागत हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आइबीएमको रिपोर्ट अनुसार डेटाब्रिचको लागत गत वर्षको तुलनामा १२ प्रतिशतले वृद्धि भई सन् २०२६ मा ४९ लाख ९० हजार अमेरिकी डलर (७६ करोड रुपैयाँ) पुगेको छ ।
अर्को शब्दमा भन्नुपर्दा, एउटा डेटा चुहावटको लागत प्रति घण्टा करिब १ हजार १०० अमेरिकी डलर (१ लाख ६७ हजार रुपैयाँ) बराबर पर्ने देखिएको छ । प्रतिवेदनअनुसार कुल लागतको ६३ प्रतिशत हिस्सा दुई प्रमुख पक्षले ओगटेका छन्: डेटा चुहावटको पहिचान तथा त्यसको व्यवस्थापन र व्यवसायमा हुने नोक्सानी । यी लागतमा संकट व्यवस्थापन, सेवा तथा सञ्चालनमा अवरोध र ग्राहक गुमाउनुजस्ता पक्ष समावेश छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)