बढ्दैछ सहरी डुबानको समस्या: '...अनि हुन्छ जमल जलमग्न'
corporatenepal.com · Wed Aug 05 07:06:18 GMT 2026

काठमाडौँ । लाजिम्पाटकी वर्षा पाण्डेका लागि मनसुनको चिन्ता पानी पर्नुसँगै सुरु हुन्छ । उहाँलाई आकाशबाट झमझम पानी पर्यो कि भन्नेभन्दा पनि ‘आज फेरि जमल डुब्ने त होइन ?’ भन्ने चिन्ताले बढी सताउँछ । घरबाट कार्यालय पुग्ने दैनिक यात्रा नै वर्षायाममा उहाँका लागि तनावको विषय बनेको छ ।
“पानी परेपछि जमलको बाटो पार गर्नै डर लाग्छ,” उहाँ भन्नुहुन्छ, “कहिलेकाहीँ स्कुटी नै पल्टिन्छ कि जस्तो हुन्छ । सार्वजनिक बसमा चढ्दा अत्यधिक भीड हुन्छ, आफ्नै स्कुटी चलाउँदा दुर्घटनाको डर । मनसुनभर अफिस जाँदा–आउँदा एउटा मात्रै कामना हुन्छ—पानी परे पनि जमल नडुबोस् ।”
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)