पूर्णशंकर टेबलटेनिस आजदेखि
ekantipur.com · Tue Sep 06 01:00:27 GMT 2022
काठमाडौँ — स्पिन इभेन्ट्सको आयोजनामा दोस्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तरवडा टेबलटेनिस प्रतियोगिता मंगलबार सुरु हुँदै छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुने प्रतियोगितामा पुरुष/महिला सिंगल्स र टिम तथा भेट्रान ४०, ५० र ६० वर्षमाथि गरी ७ स्पर्धामा प्रतिस्पर्धा हुने संयोजक तथा आयोजक स्पिनका सचिव ज्याकी महर्जनले जनाएका छन् ।
टिम स्पर्धाबाहेक सबैमा नगद पुरस्कार राखिएको छ । पुरुष/महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र समान ७ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । भेट्रानका तीनै स्पर्धामा समान नगद पुरस्कार छ । पहिलोले १० हजार, दोस्रोले ५ हजार र तेस्रो हुने दुई जनाले समान २ हजार ५ सय पुरस्कार पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)