चेकियामाथि इङ्गल्यान्डको ३-० को सहज जित
ratopati.com · Tue Oct 06 20:49:43 GMT 2026
काठमाडौँ । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह चरणको खेलमा इङ्गल्यान्डले चेकियामाथि ३–० गोलअन्तरको सहज जित निकालेको छ । समूह ‘सी’ अन्तर्गत बुधबार भएको खेलमा इङ्गल्यान्डलाई जित दिलाउन कप्तान ह्यारी केनले दुई गोल गरे भने एक गोल आत्मघाती उपहारस्वरूप प्राप्त भएको थियो ।
खेलको २७औँ मिनेटमा चेकियाका भ्लादिमिर कुफलले आफ्नै पोस्टमा आत्मघाती गोल गर्न पुगेपछि इङ्गल्यान्डले सुरुवाती अग्रता पाएको थियो । त्यसपछि खेलको ४०औँ मिनेटमा ह्यारी केनले गोल गर्दै पहिलो हाफमै इङ्गल्यान्डको अग्रता २-० मा पुर्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)