दुबई विमानस्थलमा एआई र बायोमेट्रिक इमिग्रेसन प्रणाली लागू, केही सेकेन्डमै पूरा हुनेछ जाँच प्रक्रिया
ictsamachar.com
काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुको आवागमनलाई थप छिटो, सहज र प्रविधिमैत्री बनाउन कृत्रिम बुद्धिमत्ता (एआई) र बायोमेट्रिक प्रविधिमा आधारित नयाँ इमिग्रेसन प्रणाली सञ्चालनमा ल्याएको छ । नयाँ प्रणालीसँगै यात्रुले अब बारम्बार पासपोर्ट र बोर्डिङ पास देखाइरहनुपर्ने आवश्यकता कम हुने भएको छ ।
उन्नत फेसियल रेकग्निसन (अनुहार पहिचान) प्रविधि र पूर्व-दर्ता गरिएका यात्रु विवरणका आधारमा सञ्चालन हुने यो प्रणालीले एकै पटकमा १० जनासम्म यात्रुको पहिचान गर्न सक्ने क्षमता राख्छ । विमानस्थल प्रशासनका अनुसार यसले इमिग्रेसन प्रक्रिया पूरा गर्न लाग्ने औसत समय घटाएर करिब ३.४ सेकेन्ड मा सीमित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)