'दुई तिहाई प्रदेशसभा सदस्यबाट विश्वासको मत पाउँछु'
lokaantar.com · Tue Feb 28 01:08:27 GMT 2023
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफूलाई दुई तिहाइ प्रदेश सभा सदस्यले विश्वासको मत दिने विश्वास व्यक्त गरेका छन् । विश्वासको मत लिने तयारी गरिरहेका मुख्मन्त्री शाहले आफूलाई नेपाली कांग्रेसका १९, नेकपा (माओवादी) केन्द्रका १०, नागरिक उन्मुक्तीका सात, नेकपा (एकीकृत समाजवादी) का चार र स्वतन्त्रका एक प्रदेश सदस्य गरी ४१ जनाले विश्वासको मत दिने विश्वास व्यक्त गरे ।
५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ र दुईतिहाइका लागि ३७ मत आवश्यक पर्छ । मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तीको समेत पछिल्लो पटक बनेको नयाँ गठवन्धनमा सामेल भएपछि दुई तिहाइ मत पाउने विश्वास जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)