मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इंग्ल्यान्ड र न्युजिल्यान्डको पहिलो टेस्ट बराबर

ekantipur.com · Mon Jun 07 00:22:15 GMT 2021

लन्डन — इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्धको पहिलो टेस्ट बरारीमा टुंग्याएको छ । पाँचौ तथा अन्तिम दिनको खेलको अन्तिम दुई सत्रमा २ सय ७३ रनको लक्ष्य पाएको इंग्ल्यान्डले सुरक्षित खेल्दै ७० ओभरमा ३ विकेट गुमाई १ सय ७० रन बनाएपछि टेस्ट बराबरीमा टुंगिएको हो ।

ओपनर डम सिब्ली ६० र ओली पप २० रन बनाई अविजित रहे । ३ सय १२ मिनेट क्रिजमा बिताएका सिब्लीले २ सय बल खेल्दै ३ चौका प्रहार गरे । पपले ४१ बल खेली ३ चौका प्रहार गरे । ओपनर रोरी बन्र्स २५, ज्याक क्रवली २ र कप्तान जो रुट ४० रनमा आउट भए । न्युजिल्यान्डका निल वाग्नरले २ र टिम साउथीले १ विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)