ज्येष्ठ नागरिकको जीवन
annapurnapost.com · Wed Jan 24 00:38:58 GMT 2024
बुढ्यौली कुनै रोगव्याध नभई निरन्तर चल्ने प्राकृतिक प्रक्रिया हो। उमेरको गतिसँगै शारीरिक बौद्धिक वा मानसिक र संवेगात्मक क्षमता घट्दै जाने कुरा बुढ्यौलीका सिद्धान्तले प्रस्ट पारेको छ। वृद्धवृद्धालाई ज्येष्ठ नागरिक भन्न थालिएको छ। साथै ज्येष्ठ नागरिकको विभिन्न मुलुकले फरकफरक मापदण्ड बनाएको पाइन्छ। जस्तै पश्चिमी मुलुकमा ६५ नाघेका नागरिकलाई ज्येष्ठ नागरिक मान्दछन्। ज्येष्ठ नागरिक ऐन २०६३, का अनुसार ६० वर्ष उमेर पूरा गरेको नेपाली नागरिकलाई ज्येष्ठ नागरिक भनिन्छ।
ज्येष्ठ नागरिकहरू हाम्रा अग्रजहरू हुन्। जिउँदा इतिहास हुन्। साथै समाजका आधार, हाम्रा मार्गदर्शक, विकासका प्रेरक, लामो जीवन भोगाइबाट प्राप्त गरेका व्यावहारिक ज्ञान र अनुभवका भण्डार पनि हुन। ज्येष्ठ नागरिकका बारेमा केही अभ्यास त भएकै छन्। जस्तै ज्येष्ठ नागरिकका हक अधिकारका विषयमा थुपै्र सम्मेलन गोष्ठी र सेमिनारहरू भए। साथै स्थानीयदेखि राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा विविध कार्यक्रमहरू पनि भए व्यापक छलफल तथा बहस पनि भएका छन्। यसै सन्दर्भमा धेरै अन्तर्राष्ट्रिय र राष्ट्रिय कानुनहरूमध्ये केही अन्तर्राष्ट्रिय र राष्ट्रिय कानुनहरू पनि बनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)