सङ्घीयता कार्यान्वयन गर्न सहजीकरण
gorkhapatraonline.com · Sun Dec 31 00:41:35 GMT 2023
काठमाडौँ, पुस १५ गते । सरकारले सङ्घीय व्यवस्था प्रभावकारी बनाउने गरी तीनै तहको सरकारसँगको समन्वय र सहकार्यलाई तीव्र पार्दै आएको छ । सङ्घीयता कार्यान्वयनमा आएदेखि प्रधानमन्त्रीको अध्यक्षतामा बस्नुपर्ने अन्तरप्रदेश परिषद्को बैठक गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेर सरकारले सङ्घीय व्यवस्थालाई प्रभावकारी बनाउने गरी प्रक्रिया अगाडि बढाएको छ ।
तीनै तहको सरकारलाई व्यवस्थित बनाउन सरकारले तीन तहबिचको समन्वयका लागि विषयगत समिति गठन गरेर सङ्घीयता कार्यान्वयन गर्न काम अगाडि बढाएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)