बिहारमा महागठबन्धनको निराशाजनक पराजयपछि काङ्ग्रेस नेता गान्धी र खर्गेबीच भेटवार्ता, समसामयिक बिषयमा छलफल
barnanmedia.com · Sat Nov 15 19:15:00 GMT 2025

भारतको बिहार विधानसभा चुनावमा महागठबन्धनको भारी पराजयपछि प्रतिनिधिसभाका विपक्षी नेता तथा कांग्रेस सांसद राहुल गान्धी पार्टी अध्यक्ष मल्लिकार्जुन खर्गेको निवास पुग्नुभएको छ। बैठकमा पार्टीको खराब प्रदर्शनको मूल्याङ्कनमा केन्द्रित हुने अपेक्षा गरिएको छ।
यसअघि शुक्रबार राहुल गान्धीले बिहार विधानसभा चुनावमा सुरुदेखि नै अनुचित प्रभाव परेको दाबी गर्नुभएको थियो । काङ्ग्रेसले ६१ सिटमा चुनाव लडेपनि दोहोरो अङ्कमा मतपरिणाम ल्याउन सकेन । सन् २०२० को बिहार चुनावमा काङ्ग्रेस पार्टीले लडेको ७० सिटमध्ये १९ सिट जितेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)