मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘कर्जा विस्तारले व्यापार घाटा बढ्यो’

ekantipur.com · Sat Jul 09 00:22:24 GMT 2022

काठमाडौँ — उच्च कर्जा विस्तार र रेमिट्यान्सले आयात वृद्धि गराएकाले व्यापार घाटा पनि बढेको एक अध्ययनले देखाएको छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा गएको र रेमिट्यान्सको ठूलो हिस्सा उपभोग्य सामग्री खरिदमा खर्च भएकाले आयात धेरैले बढेको र त्यसले व्यापार घाटा पनि बढाएको अध्ययनको निष्कर्ष छ ।

नेपालमा रेमिट्यान्स र बैंक तथा वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा जाने ऋणले नेपालको व्यापार घाटामा पारेको प्रभावका विषयमा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभाग र बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले तयार पारेको अध्ययन प्रतिवेदन बिहीबार सार्वजनिक गरिएको छ । प्रतिवेदनले अहिले निजी क्षेत्रतर्फ बैंक तथा वित्तीय संस्थाले एक सय रुपैयाँ कर्जा प्रवाह गर्दा दीर्घकालमा ५० रुपैयाँ बराबरले व्यापार घाटा बढाउने गरेको तथ्य औंल्याएको छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा र व्यापार घाटाबीचको ८५ प्रतिशतको सहसम्बन्ध (कोरिलेसन) देखाएको पनि अध्ययनले देखाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)