अन्तिम टी-२० मा नेपाल पराजित, वेस्ट इन्डिजलाई सान्त्वना जित
nagariknews.nagariknetwork.com · Tue Sep 30 17:34:23 GMT 2025
नेपालविरुद्धको तीन खेलको टी-२० शृंखलामा वेस्ट इन्डिजले सान्त्वना जित निकालेको छ । तेस्रो तथा अन्तिम खेलमा मंगलबार नेपाललाई १० विकेटले पराजित गर्दै क्यारेबियन टोलीले शृंखला क्लिनस्विप हुनबाट बचाएको हो । नेपालले पहिलो खेलमा १९ र दोस्रोमा ९० रनको जित निकालेको थियो ।
दुबईको शारजहामा नेपालले दिएको १२३ रनको लक्ष्य वेस्ट इन्डिजले १२.२ ओभरमा बिना क्षति भेट्टायो । उसको जितमा आमिर जाङ्गोले ७४ र एक्किम अगेष्टले ४१ रनको योगदान गरे । जाङ्गोको यो टी२० आईमा पहिलो अर्धशतक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)